नागा बाबाहरूको पशुपति मन्दिर परिसरमा प्रवेश

शिवरात्रि नजिकिँदै गर्दा काठमाडौंमा आगमन गरेका नागा बाबाहरू पशुपति मन्दिर परिसरभित्र प्रवेश गरेका छन्।
विभिन्न स्थानबाट आएका यी नागा साधुहरूले जन्ती लिएर नै पशुपति मन्दिरको प्रवेशद्वार नम्बर १ बाट परिसरभित्र प्रवेश गरेका हुन्। उनीहरू अन्नपूर्ण भण्डारबाट आएका थिए।
नागा बाबाहरू सन्न्यासी सम्प्रदायअन्तर्गत पर्छन्, जुन जोगीहरूका चार सम्प्रदायमध्ये एक हो। अरू तीन सम्प्रदायहरू वैष्णव, नानक र उदासी हुन्। यी सबै सम्प्रदायका जोगीहरू शिवरात्रिको अवसरमा पशुपति मन्दिरमा आउने गर्दछन्।
प्रतिक्रिया