नयाँ गठबन्धनका तीन सांसदले लिए मन्त्रीको शपथ
सत्ता गठबन्धनमा भएको फेरबदलसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका छन्।
एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्री पदको शपथ ग्रहण गरेका हुन्।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। यी तीनै जनालाई दोस्रो पटक मन्त्री पद प्राप्त भएको हो। यसअघि माओवादीका हितबहादुर तामाङ खेलकुद मन्त्री भएका थिय ।
त्यसैगरी, एमालेका पदम गिरी २०७९ पुसदेखि मात्र ३२ दिन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। रास्वपाका अर्याल पनि त्यही समयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा लिएका थिए।
प्रतिक्रिया


