सीटीईभीटीका उपाध्यक्षलाई कालाे मोसो दल्ने दुईजना पक्राउ

सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई कार्यकक्षमै आएर कालाे मोसो दलेर फरार भएका दुईजनालाई प्रहरीले १५ दिनपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अछामको कमलबजार नगरपालिका-६ का ३० वर्षीय डम्बरबहादुर शाही र दार्चुलाको मार्मा गाउँपालिका-२ का ३० वर्षीय नवराज भट्ट रहेका छन्। उनीहरूलाई अखिल क्रान्तिकारीको संलग्नतामा फागुन ६ गते सीटीईभीटी उपाध्यक्षको कार्यकक्षमा पसेर मोसो दलेर फरार भएका थिए।
प्रहरीको खोजीबाट मध्यपुरथिमि-३ गठ्ठाघरबाट दुवैलाई पक्राउ गरी थप अनुसन्धान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रतिक्रिया