गृहमन्त्री नपाएपछि रवि ब्याक, अर्याल मन्त्री बन्ने

पालिका डायरी
२१ फाल्गुन २०८०, १४:५४
रवि लामिछाने अब राजनीतिमा ? file photo

नयाँ सत्ता समीकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पाउन नसकेपछि सभापति रवि लामिछाने पछि हटेका छन्।

गृहमन्त्री नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन्। उनले आजै मन्त्री पदको शपथ लिने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहे पनि गृहमन्त्री बनाउन नयाँ सत्ता समीकरणमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अस्वीकार गरेपछि रवि लामिछाने पछि हटेका हुन्।

त्यसैले, उपसभापति अर्याललाई मन्त्री बनाउन लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ।

प्रतिक्रिया
Rabi_Lamichhane-