भरतपुरबाट २ केजी अफिमसहित एक जना पक्राउ
file photo
हेटौंडा / भरतपुर महानगरपालिका-१०, चौबिसकोठी चोकबाट प्रहरीले एकजनालाई २ किलो अफिमसहित एकजना पक्राउ गरेको छ।
सूचनाको आधारमा खोजतलाश गर्दा कालिकोट पचालझरना गाउँपालिका-५ बस्ने ४० वर्षीय केशव बमलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट अफिम जस्तो देखिने २ किलो लागुऔषध र रु २ लाख १६ हजार ५ सय नगदसहित बरामद गरी नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त भरतपुरले नियन्त्रणमा राखेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
प्रतिक्रिया


