ट्रिपरको ठक्करबाट दुईजनाको मृत्यु

पालिका डायरी
१८ फाल्गुन २०८०, ११:२१
accident

फागुन १८ / बेलबारी नगरपालिका-३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको सुमो गाडीलाई ओभरटेक गर्ने क्रममा पछाडिबाट आएको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु हुनेको पहिचान भइरहेको प्रहरीले जनाएको छ। मे १ झ २८५६ नम्बरको सुमो र प्रदेश ०२–००१ ख ९६७६ नम्बरको ट्रिपर ठोक्किएका थिए।

ठक्करपछि सुमो अर्को यात्रुबाहक बसमा पनि ठक्कर खाएको थियो। बुलेरोमा ५ जना रहेकामध्ये तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।।

 

प्रतिक्रिया
accident