१५० एम्पुल लागुऔषधसहित २२ वर्षकी युवती पक्राउ

हेटौंडा / भरतपुर महानगरपालिका वडा नं. २ लिलाचोकमा सादा पाेषाकमा खटिएको महिला प्रहरी टोलीले एक युवतीलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका २ क्षेत्रपुर बस्ने २२ वर्षीया सबिता न्यौपाने रहेकी छिन्। शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ठूलो परिमाणमा लागुऔषध बरामद भएको हो। उनको साथबाट प्रतिबन्धित लागुऔषध फेनार्गन, डाइजेपाम र नफिनका ५०/५० एम्पुल गरी जम्मा एक सय ५० एम्पुल लागुऔषध बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । ।
प्रहरीले निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाएको छ।
प्रतिक्रिया