एनआरटी केपी ओली कपको फाइनलमा

पालिका डायरी
१७ फाल्गुन २०८०
एनआरटी केपी ओली कपको फाइनलमा

काठमाडौँ / न्यूरोड टिम (एनआरटी) जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरटीले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।एनआरटीको जितमा संजीव विष्टले २ गोल गरेका थिए भने विवेक गुरुङले एक गोल गरेका थिए ।

अब एनआरटीले फाइनलमा मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल आगामी शनिबार हुदै छ ।

प्रतिक्रिया