ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पालिका डायरी
१७ फाल्गुन २०८०
accident palika

चितवन / चितवनको रत्ननगर नगरपालिका–९, कृष्ण मन्दिरनजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार मध्यराति प्रदेश २–०३–००१ख ६९९६ नम्बरको ट्रकको ठक्करबाट पैदल यात्री एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान नखुलेको प्रहरीको भनाइ छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया