कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

पालिका डायरी
१६ फाल्गुन २०८०, १७:१५
कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं / आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबा कुटपिट गरेको आरोपमा पक्राउ परेकी छन् ।

हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनलाई सिन्धुपाल्चोक बाह्रबिसेबाट प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं प्रहरीको सूचनाको आधारमा सिन्धुपाल्चोक प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया