मंगलबार सुनको मूल्य स्थिर, चाँदीको घट्यो

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहँदा चाँदीको घटेको छ।
सोमबारको तुलनामा मंगलबार चाँदीमा तोलाको १५ रुपैयाँ कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघ अनुसार सोमबार १ हजार ३९५ रुपैयाँ रहेको चाँदी मंगलबार १ हजार ३८० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुनको मूल्य १ लाख १८ हजार ३ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १७ हजार ७५० रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया