भारतीय स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

पालिका डायरी
१५ फाल्गुन २०८०, १०:५२
सर्लाहीमा भारतीय स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु

सर्लाहीको कौडेनामा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियारका अनुसार गएराति सवा नौ बजे हुलाकी राजमार्गमा पर्ने कौडेना गाउँपालिका–३ मा भारतीय स्कारपियोले भारतीय मोटरसाइकललाई ठक्कर दिँदा दुई नेपाली युवकको मृत्यु भएको हो।

‘घटनामा रौतहटको माधवनारायण नगरपालिका–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको छ,’ डीएसपी पञ्जियारले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।’

उनीहरु भारतीय नम्बर प्लेटको बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकलमा सवार थिए। सर्लाहीबाट राैटहट फर्कि‌ँदै गरेका युवा सवार माेरसाइकललाई तीव्र गतिकाे स्कारपियाेले ठक्कर दिँदा दुर्घटना भएकाे हाे।

दुर्घटनापछि भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियोका चालक फरार भएका प्रहरीले जनाएको छ। ‘हामी उनको खोजी गरिरहेका छौँ,’ डीएसपी पञ्जियारले भने, ‘दुर्घटनामा अरु कोही घाइते भएका छैनन्। दुबै सवारी साधन हाम्रो नियन्त्रणमा छन्।’

प्रतिक्रिया