पूर्व लागूऔषध प्रयोगकर्ताको सहभागितामा आर्गानिक तरकारी उत्पादन

पालिका डायरी
१४ फाल्गुन २०८०, २१:२४

हेटौंडा / हेटौडा उपमहानगरपालिका वडा नं ९ मा रहेको सिआन पुनर्स्थापना केन्द्र मकवानपुरले आर्गानिक तरकारी उत्पादन सुरु गरेको छ। एमआरसी नेपालको बीउ र प्राविधिक सहयोगमा आर्गानिक तरकारी उत्पादन गर्न थालेको हो।

१० हजार मूल्य बराबरको बीउ प्राप्त गरी प्राविधिक सहयोगसमेत प्राप्त गरेको सिआन केन्द्रले आफ्नो कृषि परियोजना अन्तर्गत करिब ४ सय किलो काउली र एक क्विन्टल बराबरको बन्दा उत्पादन गरेको सिआन पुनर्स्थापना केन्द्रका प्रमुख सौजन डिसीले जानकारी दिए।

उत्पादित तरकारी ९ हजारको हाराहारीमा बिक्री गरिएको छ । यो नमुना कृषि परियोजना अन्तर्गत पूर्व लागूऔषध प्रयोगकर्ताहरूले तरकारी उत्पादन गरेका हुन्।

पहिलो पटकको यो अभ्यासबाट सफलता प्राप्त भएको र थप तरकारी उत्पादनका सिमि, गाजर, धनिया,बेथुको साग,खुर्सानी ,गोल्भेडा लगायतको तरकारी उत्पादन भैरहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया
received_922912192822150