अनेरास्ववियु मकवानपुर : बर्तौलाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति चयन
हेटौंडा / अनेरास्ववियु मकवानपुरको २८ औँ जिल्ला अधिवेशनले अमृत बर्तौलाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
शुक्रबार भएको अधिवेशनले बर्तौलाको नेतृत्वमा १० जना पदाधिकारी सहित ५१ सदस्यीय कार्यसमिति चयन गरेको हो । यस्तै, उपाध्यक्षमा पुष्कर तिमल्सिना, नवराज पौडेल र शिव पुलामी चयन भएका हुन् भने रामचन्द्र ब्लोन सचिवमा चयन भएका हुन् । सह–सचिवमा जस्मिता अधिकारी, प्रसिद्ध रेग्मी, साहिल खान चयन भएका छन्।
यस्तै कोषध्यक्षमा इशा पाख्रिन र कार्यालय सचिवमा रोजन घिमिरे चयन भएका हुन् । पदाधिकारी बाहेक ४१ जना कार्यसमिति सदस्य चयन गरिएको छ ।
प्रतिक्रिया