थापाथलीबाट बच्चा चोरी भएको सूचना प्रहरीमा

पालिका डायरी
११ फाल्गुन २०८०, १७:१०
palika diary

काठमाडौंको थापाथलीबाट एक ‘बच्चा चोरी’ भएको सूचना पाएपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको छ ।

प्रहरीले यसबारे थप अनुसन्धान सुरु गरेको छ। एक महिलाले थापाथलीस्थित अस्थायी प्रहरी बिटमा आफ्नो बच्चा चाेरी भएको जानकारी दिएपछि प्रहरीको ध्यानाकर्षण भएको हो।

यस सम्बन्धमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (एसपी) नवराज अधिकारीले बच्चा कहाँबाट कसरी चाेरी भएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको बताए।

उनका अनुसार यस घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको छ। पीडित परिवारको उजुरीका आधारमा प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको जनाइएको छ।

प्रतिक्रिया