वडा नं १५ मा तीन दिने बृहत् शैक्षिक मेला सुरु, मेयरले लामाले गरिन् उद्घाटन

राम कुमार दानी
७ फाल्गुन २०८०, २२:२८
वडा नं १५ मा तीन दिने बृहत् शैक्षिक मेला सुरु, मेयरले लामाले गरिन् उद्घाटन

हेटौंडा / वडा शिक्षा समिति हेटौंडा १५ को आयोजनामा प्रथम वडा स्तरीय बृहत्  शैक्षिक महोत्सव २०८० आज बाट सुरु भएको छ । ” बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी”  ” वडा बासिको एउटै नारा शैक्षिक विकासमा लागौं सारा ” भन्ने लगाउदै हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा प्रथम वडा स्तरीय बृहत्  शैक्षिक महोत्सव २०८० आज बाट सुरु भएको छ ।

हेटौंडा  उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले शैक्षिक मेलाको  आज औपचारिकरूपमा  उद्घाटन गरेकी हुन । वनदेवी आधारभुत विद्यालय फारलाइनमा आज सोमबारदेखि लगातार तीन दिन  सम्म चल्ने शैक्षिक महोत्सवमा विभिन्न खाले शैक्षिक गतिविधिमा आधारित कार्यक्रम हुने आयोजकले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तथा वडा शिक्षा समितिका अध्यक्ष सुनिल मुत्तानले कार्यक्रमको उद्देश्य माथि प्रष्ट पार्दै जङ्गबहादुर रानाले १९१० मा दरबार हाइस्कुल स्थापना गरे पश्चात हामी तल्लो तहका बर्गले  शिक्षा लिन केही सजिलो भएको र यही बेला देखि  सर्वहाराले  पढ्न पाएको उनले बताए । उनले आफ्नो वडा उपमहानगरपालिका भित्र  भएता पनि दुर्गम गाउँ बस्ती पनि भएकोले दुर्गम गाउँ र सुगम गाउँको विद्यार्थीहरूकाे बिचको प्रतिस्पर्धा आवश्यक छ । अध्यक्ष मुत्तानले  यो १५ नम्बर वडा विशेषगरी ग्रामीण क्षेत्रमा पर्ने  भएकोले यस वडाका भाइबहिनीले  बिचमा पढाइ छाड्ने प्रचलन भएकोले यस कार्यक्रमले शिक्षाको महत्त्वको बारेमा चेतना दिने पनि बताए । यस्तै यस कार्यक्रमले शैक्षिक हिसाबले १५ नम्बर वडालाई शिक्षाको हब बनाउले उद्देश्य  रहेको बताए ।

यस शैक्षिक महोत्सवमा वडाको ८ वटा सामुदायिक विद्यालय र २ वटा निजी विद्यालयले भाग लिएका छन् । उद्घाटन कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेडाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारी, हेटौंडा उपमहानगरपालिकाको वडा अध्यक्षहरु, सघ संस्थाको प्रतिनिधिहरु , राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया