कस्तो छ तिर्थालु सवार बस दुर्घटनाका ३१ घाइतेको अवस्था ?

सुनिता विष्ट
५ फाल्गुन २०८०, १६:२५
धादिङमा तीर्थयात्री बोकेको बस दुर्घटना, ३० जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मलेखु बेनीघाट सडकमा शनिबार .बस दुर्घटनामा घाइते हुनेहरुको सनाखत भएको छ।

काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ क नम्बरको ट्रकसँग ठक्कर खाँदा भएको दुर्घटनाका घाइतेहरुको सनाखत भएको हो। दुर्घटनामा ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

यस्तो छ घाइतेको विवरण

घाइते हुनेहरुमा बस चालक मकवानपुरका ३२ बर्षीया रत्न तामाङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए। उनको खुट्टमा चोट रहेको लागेको र उपचारको लागि काठमाडौँ रिफर गरिएको उनले बताए।

यस्तै, ट्रक चालक बर्दियाका २५ वर्षीय सुरेश चौधरी रहेका छन्। उनको टाउकोमा चोट लागेको र अवस्था स्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई पनि थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै, बसमा सबार काठमाण्डौ बाफल बस्ने सारदा काकी, बर्ष ७४ को रामहारी के।सी, काठकाण्डौ कलङ्की बस्ने केशबराज पौडेल, नवलपरासी बस्ने बर्ष ४९ को माधब नेपाल घाइते भएका छन् भने काठमाडौं बस्ने बर्ष ५० कृष्ण ढुङ्गाना, सोही ठाउँकी ६६ बर्षीया सत्यदेवी कँडेल, रामेछाप मन्थली बस्ने बर्ष ५६ को रामशरण अधिकारी, काठमाडौं बस्ने बर्ष ५० की निर्मला शेढाई, सोही स्थानकी ६० बर्षका सुर्य खवास घाइते भएका हुन्।

यस्तै, काठमाडौंकै ५६ वर्षीय बिरेन्द्र कुँवर, ६३ बर्षीया अम्बिका साप्कोटा, ७६ बर्षीय एकदत्त सापकोटा, ५६ वर्षीया गोमा ढुङ्गाना, ५६ वर्षीया दुर्गा थापा, ४३ कि सिता पाण्डे, ५७ वर्षीया कुमारी खड्का, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा घर भई हाल काठमाडौं बस्ने बर्ष ५६ कि लक्ष्मी सुबेदी घाइते भएका हुन्। उनीहरूको अवस्था सामान्य रहेको र उपचार भैरहेको प्रहरीले जनाएको छ।

यस्तै, ट्रकको सह चालक जिल्ला वुटवल बस्ने १६ बर्षीय खेम माझिँको टाउकोमा चोट अबस्था मध्यम रहेको छ भने नुवाकोटका २३ बर्षीय सनम नेपालीको नाकमा चोट लागेको र अवस्था मध्यम, मकवानपुरकी ५५ बर्षीया सानुमाया तामाङ, सोही स्थानकी ५० बर्षीया देबकि बस्नेत (शरिरको बिभिन्न भागमा चोट, अवस्था मध्यम) को काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

यस्तै काभ्रे स्यामपाटी बस्ने बर्ष ३७ कि साबित्री गुरागाइ, लम्जुङ राजनाथ ५ का ५६ बर्षीय रामचन्द्र बख्रेल, सोही स्थानका ५२ बर्षीय ईन्द बख्रेल, (टाउको/कम्मरमा चोट,अवस्था मध्यम), बालाजु बस्ने बर्ष ५८ कि कुमारी पुन, (अनुहार÷दुवै खुट्टामा चोट,अबस्था मध्यम), धादिङ धुनिवेशी नगरपालिका २ बस्ने बर्ष ६२ को कृष्ण भण्डारी (अनुहार÷बांया खुट्टामा चोट,अबस्था मध्यम), गुल्मी सेरुङगा नगरपालिका २ बस्ने बर्ष ६० को कृष्ण थापा (अनुहार÷दुबै खुट्टामा चोट,अवस्था सामान्य) र सोही स्थानका ५२ बर्षीया प्रेम कला थापा, (दाहिने कुममा चोट,अबस्था सामान्य) रहेको प्रहरीले जनाएको छ।

घाइतेहरू केहीको मलेखु अस्पतालमै उपचार भैरहेको र केही मध्यम र गम्भीर घाइतेलाई काठमाण्डौंको विभिन्न अस्पतालहरुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी मिश्रले  जानकारी दिए।

बसमा सवार यात्रीहरू देवघाट दर्शनमा निस्किएका थिए। काठमाडौंबाट बिहान ८ बजेतिर गुडेको बस आज बिहान १० बजेतिरको समयमा धादिङ मलेखुको बेनीघाटमा दुर्घटना भएको हो।

प्रतिक्रिया