हेटौंडामा एकैदिन गरे दुई जनाले आत्महत्या

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्वर– ११ गोल्फिङटारमा आज बिहान एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला पर्नेमा स्थानीय अन्दाजी ७० वर्षीय हरिबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, आफ्नै भुई तले घरमा फलामको बलोमा नरिवलको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
त्यस्तै हेटौंडा–११ चधेरीटोलमा डेरा गरी बस्ने मनहरी गाउँपालिका वडा नम्बर– ४ निवासी ४६ वर्षीय राजु सुनार घरबाट १५० मिटर दक्षिणतर्फको सिसौको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका मकवानपुरले जनाएको छ।
दुबै घटनाको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले जनाकारी दिए ।