जलेर आमाछोरी घाइते

झापामा जलेर आमाछोरी घाइते भएका छन्। बुद्धशान्ति गाउँपालिका- २ गोपाल डाँडाको घलेगाउँमा २८ वर्षीया माया रम्तेल र उनकी ५ वर्षीया छोरी बर्षा विकको जलेर घाइते भएकी हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी इन्स्पेक्टर ढुण्डी गिरीका अनुसार शुक्रबार बेलुका साढे ८ बजे मायाले छोरीलाई आफूसँगै सलले बाँधेर पेट्रोल छर्किएर आगो लगाएकी थिइन्। घटनाबारे छिमेकीले प्रहरीलाई खबर गरेपछि पुगेको टोलीले घाइते अवस्थामा आमा-छोरीलाई बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याएको थियो।
इन्स्पेक्टर गिरीका अनुसार आमाको अवस्था गम्भीर छ भने छोरी बोल्न सक्ने अवस्थामा छिन्। प्रहरीले घटनास्थलबाट मायाको सुसाइड नोटसमेत बरामद गरेको छ। उक्त सुसाइड नोटमा श्रीमान अन्य महिलासँग सम्बन्धमा रहेकाले आफू त्यस्तो निर्णय लिन पुगेको उल्लेख रहेको इन्स्पेक्टर गिरीले जानकारी दिए।
सुसाइड नोट फेला परेपछि प्रहरीले उनका श्रीमान ३० वर्षीय राजन विकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर गिरीले बताए।