भैंसेबाट २० किलो लागूऔषध चरेससहित एक किशोर पक्राउ

पालिका डायरी
४ फाल्गुन २०८०, १९:५८
रुपन्देहीमा पेस्तोलसहित एक जना पक्राउ AI Photo

हेटौंडा / मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ भैंसेबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब २० किलोसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर ८ देवीथान बस्ने १५ वर्षीय किशोर रहेका छन् । शुक्रबार बिहान प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया