एमाले धादिङ : नयाँ नेतृत्वका लागि निर्वाचन शुरु, ११२ पदका लागि १८४ जनाको उम्मेदवारी
हेटौंडा / नेकपा एमाले धादिङको नवौं अधिवेशन जारी छ। जिल्लाको सदरमुकाम धादिङबेसीमा अधिवेशन अन्र्तगत बिहिबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको हो ।
बुधबार नै हुने भनिएको मतदान प्रक्रिया केही त्रुटीका कारण नभ्याइएको जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताए। क्ेहीबेर अघिबाट शुरु भएको निर्वाचन कार्यक्रममा ११२ पदका लागि १८४ जनाको उम्मेदवारी परेको छ।
पदाधिकारी अन्र्तगत अध्यक्ष पदमा अधिबक्ता भूमि त्रिपाठी र डाक्टर रामकुमार अधिकारीको उम्मेदवारी परेको छ। दुवै उम्मेदवार ओली निकटका हुन्। यस्तै, उपाध्यक्षमा रामकुमार आचार्य र अर्जुन श्रेष्ठ गोर्खाली, सचिवमा राधिका सापकोटा र हरिराम लोहनीको उम्मेदवारी परेको छ। यसै गरी उपसचिव खुल्लामा भक्तबहादुर लामिछाने र काजी श्रेष्ठ, उपसचिव महिलामा उर्मिला रेग्मी र खुपीकुमारी तामाङको उम्मेदवारी परेको छ।
पदाधिकारीमा सहमती जुट्न नसकेपनि अहिले सम्म विभिन्न क्षेत्रबाट गरी सदस्यहरुमा ५५ जना निर्विरोध निर्वाचित भईसकेका छन्। अधिवेशनमा ५७८ जना मतदाता रहेका छन्। मतदानका लागि १५ वटा बिद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको छ।



