१५ नम्बर वडा स्तरीय खेलकुद विकास समितिका पदाधिकारीलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाको वडा स्तरीय खेलकुद विकास समितिका पदाधिकारीलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण सम्पन्न भएको छ ।
२०८० पुस २० गते बसेको वडा समितिको बैठकले वडा स्तरीय खेलकुद विकास समितिको निर्माण गर्ने निर्णय अनुसार वडा कार्यालयले समितिका अध्यक्षलगायत १५ जना पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको र समितिलाई प्रमाणपत्र समेत प्रदान गरिएकोे वडा अध्यक्ष सुनिल मोक्तानले बताए ।
गोबिन्द नेगीको अध्यक्षतामा गठित १९ मध्ये १५ सदस्यलाई वडा अध्यक्ष मोक्ताने सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरेका हुन् । समितिको सदस्यहरूमा महेश दोङ, कर्ण सिं लामा, करण श्रेष्ठ, रेश्मि मोक्तान, विशाल थिङ, सन्तोष कुमार भोम्जन, श्याम थिङ, आईजित कुमार भम्जन, युवराज लो, मंगल बहादुर थिङ, उज्वल वाइबा, ऋषि मोक्तान, पुकार मोक्तान, सदस्य सचिव शान्ति लामाले सपथ ग्रहण गरेको थिए ।कार्यक्रममा सदस्यहरु बिकल भोलन, मिठु पाख्रीन, बिरोध थिङ, उमेश स्याङ्बो भने उपस्थित भएनन् ।
अध्यक्ष मोक्तानले वडामा गठित खेलकुद विकास समितिले समन्वयात्मक रुपमा अघि बढ्ने र खेलकुद क्षेत्रको समग्र विकासमा अग्रसर हुने बताए ‘अब यही समितिले वडालाई खेलमय बनाउनुपर्छ, राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नुपर्छ’ उनले भने ‘यहाँ संभावना धेरै छन् । चुनौती पनि होलान् तर हातेमालो गरेर सफलतामा पुग्न सकिन्छ ।’ वडा स्तरीय यो समितिले सबै खेललाई समान महत्त्वका साथ लिएर अघि बढ्न उनले निर्देशन दिएका छन् ।’ ‘विधिवत ढंगले सबै खेललाई वडा र टोलटोलमा जिवित राखौ, अन्तर वडा स्तरीय अध्यक्ष कप फुटबलको तयारी आजैबाट थाल्नुस्’ उनले भने । खेलको पाटोमा उत्कृष्ट वडा बनाउन निर्देशन दिंदै उनले भने ‘मिलेर सबै खेललाई जगेर्ना गरौं, बजेटको व्यवस्था हुन्छ, खेल र पारदर्शीतालाई ध्यान दिनुस् लामाले भने
कार्यक्रममा वडा सदस्यहरू पातली माया गोंवा, मिनु बिश्वकर्मा, वडा सचिव कृष्णबहादुर क्षेत्री, टोल विकास संस्थाका सिंहबहादुर बिश्वकर्मा, वनदेबी आधारभुत विद्यालयका प्रअ जयप्रसाद पोखरेल, जनजागृती माध्यामिक विद्यालयका प्रअ केशव संजेल लगायतको उपस्थिति रहेको थियो ।