हेटौंडा उपमहानगरको ५५ औं स्थापना दिवसमा खेलकुद प्रतियोगिता र रक्तदान

पालिका डायरी
२९ माघ २०८०, १६:२३
संघीय सरकारद्धारा मकवानपुरलाई ४अर्ब बजेट, हेटौंडालाई कति ?

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरीएको छ ।

दिवस मनाउँनका लागि नगर प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा गठित मुल समारोह समिति मातहत रहेको अत्तिरीक्त क्रृयाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडा स्तरीय सरसफाई र रक्तादान कार्यक्रम गरीएको छ ।

स्थापना दिवसरको अवरमा अयोजित नगरप्रमुख टिम र प्रमुख प्रशासकिय अधिकृत टिम बिच हेटौंडा–५ पिप्ले क्याम्पा रंगशालामा भएको खेलमा नगर प्रमुख टिम ४–३ ले बिजयी भएको थियो । त्यस्तै स्थापना दिवसको अवसरमा हेटौंडा–४ कमलडाडाँमा भएको महिला जनप्रतिनिधी र महिला कर्मचारी बिचको फुटसलमा कर्मचारी टोली ३–० गोल अन्तरले बिजयी भएको खेलकुद शाखाका प्रमुख बसन्त सिटौंलाले बताए ।

दिवसरको सन्दर्भमा आयोजित जनप्रतिनिधी तथा कर्मचारी बिच हेटौंडा–४ हुप्रचौरमा भएको भलिवल प्रतियोगितामा २–१ को सेटमा कर्मचरी टिम बिजयी भएको थियो । स्थापना दिवसको अवसरमा वडाहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरीएको छ । वडा कार्यालय र टोलविकास समितिको समन्वयमा सरसफाई कार्यक्रम भएको सामाजिब बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले जानकारी दिए ।

पछिल्लो समय रगतको अभाब भइरहेको समयमा उपमहानगरको स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा कार्यक्रममा ३० जना सहभागि भएका छन् । उपमहानगरको अयोजना तथा रक्तसञ्चार केन्द्रको समन्वयमा हेटौंडा उपमहानगरपालिका परिसरमा अयोजित रक्तदानमा ३० जनाले रक्तदान गरेका हुन् । अत्तिरीक्त क्रृयाकलाप हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानको संयोजनमा भएको हो ।

स्थापना दिवसमा बिभिन्न सम्मान

हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवस बिभिन्न सम्मान तथा प्रगति पुस्तिकाको बिमोचन सहित समापन हुने भएको छ । उपमहानगरक्षेत्र भित्र रहेर बिभिन्न क्षेत्रमा योगदान पुर्याएको व्यक्ति, सस्थालाई सम्मान सहित नगर प्रगति पुस्तिकाको विमोचन गरिने छ ।

उपमहानगरले ५५ औं स्थापाना दिवस पारेर उत्कृष्ठ कृषक, उद्यमी, खेलाडी, करदाता, शिक्षक, पत्रकार, कलाकार, कर्मचारी, सामाजिक संघसस्था, स्वास्थ्य स्वयम सेवीका, टोलबिकास सस्था, बाल समुह र जग्गादाताहरुलाई सम्मान गर्ने उपमहानगपालिका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताए । नगर स्थापना दिवसको उद्घाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षि बिकास मन्त्री बेदुराम भूषालले गर्ने कार्यतालिका रहेको उपमहानगरले जनाएको छ ।

प्रतिक्रिया