रातोमाटेबाट लागूऔषधसहित दुई जना पक्राउ

पालिका डायरी
२९ माघ २०८०, ११:३८
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले पथलैया बाट हेटौंडा तर्फ आँउदै गरेको ज.३ प ७७२८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका १ बस्ने वर्ष अन्दाजी २८ वर्षका मनु पण्डित र सोही मोटरसाइकल पछाडि सवार पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका १ बस्ने वर्ष ३२ को कृष्ण प्रसाद कानु लाई प्रहरीले पक्राउ गरेको हो ।

मोटरसाइकलमा सवार कानुले बोकेको झोलामा खानतलासी गर्दा उक्त झोला भित्र विभिन्न खाले लागूऔषध १०० एमएलको ४८ बोतल र ४६ पिस ट्याबलेट फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया