हेटौंडा १५ मा शैक्षिक महोत्सव, शिक्षाको गुणस्तर सुधार गर्ने महोत्सवकाे उद्देश्य : अध्यक्ष मुत्तान
हेटौंडा / सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर र सुधारको लागि हेटौंडा उपमहानगरपालिका वडा नं. १५ ले वडा स्तरीय शैक्षिक महोत्सव २०८० गर्ने भएको छ ।
फागुन ७,८ र ९ गते देखि हेटौंडा १५ को वनदेवी आधार भुत माध्यमिक विद्यालयमा शैक्षिक महोत्सव हुने हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मुक्तानले जानकारी दिए । अध्यक्ष मुक्तानले सामुदायिक विद्यालय र संस्थागत विद्यालय दुवैलाई सहभागि गराएर कार्यक्रम गर्न लागिएको जानकारी दिए । उनले वडामा रहेका ८ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयको प्रत्यक्ष सहभागितामा शैक्षिक महोत्सव गर्न लागिएको बताए ।
वडा कार्यालयले शिक्षाको गुणस्तर सुधार र सिकाइ सीप आदानप्रदानको लागि याे शैक्षिक महोत्सवले महत्वपूर्ण सन्देश दिने वडा अध्यक्ष मुक्तानले भने । हेटौंडा १५ अरु वडाको तुलनामा भौगोलिक हिसाबले बिकट वडा भएकोले सुगम र दुर्गम ठाउको विद्यार्थीलाई एकै ठाउँ राखेर कार्यक्रम गर्दा गाउँमा पनि सकारात्मक सन्देश जानी उनले जानकारी दिए ।
मुत्तानकाे अध्यक्षतामा वडा शिक्षा समिति गठन गरेर वडाको शिक्षामा सुधार गर्न खोजिएको छ । वडा कार्यालयको आयोजना तथा उक्त वडा शिक्षा समितीकाे समन्वयमा महोत्सव गर्न लागिएको हाे । महोत्सवमा १९ प्रकारका खेल तथा रचनात्मक प्रतियोगिताहरू हुने जनजागृति माविका प्रधानाध्यापक केशव सञ्जेलले जानकारी दिए । उक्त महोत्सव ३ दिनसम्म चल्ने छ । महोत्सवमा टाढाबाट आउने सहभागीको लागि खाने बस्नेको ब्यवस्था गरिएको समितिले जनाएको छ । महोत्सवमा उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावकलाई सम्मान समेत गरिने पनि जानकारी गराएको छ । कार्यक्रम सम्पन्न गर्न चार लाख रुपैयाँ वडा बाट बिनियोजन गरिएको छ । कार्यक्रम फागुन ७ गते हेटौंडा उपमहानगरपालिकाकी नगर् प्रमुख मिना कुमारी लामाले उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ


