मकवानपुरकाे इन्द्रसरोबरमा साग टिप्न गएकी महिला मृत भेटिइन्

पालिका डायरी
२६ माघ २०८०, २०:०४
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

इन्द्रसरोबर गाउँपालिका वडा नं‍‍.२ भालुखर्कमा बारीमा साग टिप्न गएकी एक महिला मृत भेटिएकी छन् । ६४ बर्षीया विष्णु माया लोप्चन मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार उनी शुक्रबार बिहान आफ्नै बारीमा साग टिप्न गएकी थिइन् । अबेरसम्म फर्किएपछि आफन्तले खोजतलास गर्ने क्रममा अचेत अवस्थमा बारीमा फेला परेका थिए ।

तत्काल उद्धार गरी मनहोहन स्मृती सामुदायिक अस्पताल लगिएकोमा डाक्टरले अपह्रान्न ५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । शव सोही अस्पतालमा रहेको र घटनाको बारेमा प्रहरीबाट अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया