देशभरको मौसम बदली, धेरै भूभागमा वर्षाको सम्भावना

पालिका डायरी
२१ माघ २०८०, ११:५३
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

जसको प्रभावस्वरुप यतिबेला (आइतबार बिहान) सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। दिउँसोपख कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा दिउँसाे हल्का वर्षाको सम्भावना छ भने बागमती प्रदेशसँगै देशका बाँकी भूभागको एकदुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

प्रतिक्रिया