भानु माविको अध्यक्षमा चौलागाईं चयन
हेटौंडा / श्री भानु माद्यमिक विद्यालयकोे अध्यक्षमा खिल प्रसाद चौलागाईं चयन भएका छन ।
विद्यालयका पूर्व शिक्षक तथा पूर्व व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका चौलागाईं सर्वसम्मत अध्यक्षमा चयन भएक हुन् ।
मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ मक्रान्चुलीमा अवस्थीत रहेको यस विद्यालयको समितिको सदस्यहरुमा सन्तु थिङ, हेम कुमारी संजेल, लक्ष्मण भट्टराई, दिलिप लोप्चन र रुकमणी ढुङ्गाना चुनिएका छन ।
९ सदस्यीय समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था छ । शिक्षकहरुको तर्फबाट एकजना शिक्षक प्रतिनिधि र सम्बन्धित वडाका वडा अध्यक्ष वा प्रतिनिधि पनि समितीमा रहने छन् ।
प्रतिक्रिया


