पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको अर्धबार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न
हेटौंडा / पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशको अर्धबार्षिक प्रगती समिक्षा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । बुधबार निर्देशनालयको सभाहलमा यस मातहतका कार्यालय प्रमुखहरुको उपस्थितीमा प्रगती समिक्षा गोष्ठी सम्पन्न भएको हो ।
प्रदेशमा रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ सेवा केन्द्रका प्रमुखहरुले चालू आर्थिक बर्ष २०८०/०८१ को गत साउन महिनादेखि पुस मसान्त सम्ममा भएका कार्य प्रगती प्रस्तुत गरेका हुन् । यो अवधिमा काम थोरै देखिए पनि सम्झौता भएका कामहरु पूरा हुने अवस्थामा रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र धादिङका प्रमुख सन्दीप सिलवालले बताए ।
अन्य जिल्लाहरुको अवस्था पनि सोही क्रममा रहेको केन्द्रका प्रमुखहरुको भनाइ रहेको थियो । यस्तै कार्यक्रममा प्रदेश दूग्ध विकास बोर्ड, बाख्रा विकास फार्म चित्लाङ, मत्स्य विकास केन्द्र कुलेखानी र प्राकृतिक जलासय मत्स्य प्रवद्र्धन एंव संरक्षण केन्द्र पिप्लेका प्रमुखहरुले समेत अर्धबार्षिक प्रगती प्रस्तुतीकरण गरेका थिए । कार्यक्रमा मन्त्रालय तथा निर्देशनालय अन्र्तगत रहेका तालिम केन्द्र, भेटेरिनरी अस्पताल, फार्म केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपन्छीको क्षेत्रमा काम गर्ने क्षेत्रहरुले अझै प्रगती देखिनेगरी काम गर्न आवश्यक रहेको बताए । यस क्षेत्रमा रिजल्ट आउनेगरी काम गर्न आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
यता, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा.गौरीमान श्रेष्ठले यस मातहतका कर्मचारीको लगन र मेहेनतका कारण कृषि र पशुपन्छीको विकासमा उल्लेख्य प्रगती भएको बताएका छन् । यद्यपी, केही जिल्लाहरुमा भौगोलिक विकटताका कारण पनि सेवा भनेजस्तो सेवा पुर्याउन नसक्ने समस्याको समाधान हुन नसकेको उनको भनाइ रहेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव राजेन्द्र प्रसाद कोइरालाको बिशेष आतिथ्यता रहेको थियो। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख गौरीमान श्रैष्ठको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण निर्देशनालयका डा. अमिक श्रेष्ठले गरेका थिए ।