थाहा वडास्तरीय फुटबलको फाईनलमा वडा नम्बर १ र ३

राज कुमार के.सी.
१२ माघ २०८०, २१:४८

थाहानगर / थाहा नगरपालिका वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि वडा नम्बर १ र ३ भिड्ने भएका छन् ।

खेलकुद बिकास समिति थाहा ९ चितलाङका अध्यक्ष अमर सिंह ठकुरीका अनुसार शुक्रबार वडा नम्बर ३ र ७ बिच भएको सेमिफाइनल चरणको पहिलो खेलमा वडा नम्बर ३ बिजयी भएको छ ।

निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईबेकरमा ४-३ गोल अन्तरले वडा नम्बर ३ फाईनल प्रबेश गरेको हो  ।यस खेलको म्यान अफ द म्याच वडा नम्बर ३ का गोलकिपर देब बहादुर पाख्रीन भएका थिए ।

त्यस्तै सेमिफाइनल चरणको दोस्रो खेलमा वडा नम्बर १ बिजयी भएको छ । वडा नम्बर १ र ११ बिच भएको खेलमा निर्धारित समयमा गोल रहित बराबरी भएपछि ट्राईबेकरमा ७-६ गोल अन्तरले वडा नम्बर १ फाईनल प्रबेश गरेको हो । यस खेलको म्यान अफ द म्याच वडा नम्बर १ का गोलकिपर प्रचण्ड गोपाली भएका थिए ।

थाहा नगर खेलकुद विकास समितिको आयोजना तथा वडा नम्बर ९ खेलकुद विकास समितिको व्यवस्थापनमा बुधबारदेखि  सुरु भएको थाहा नगरपालिका वडास्तरीय फुटबल प्रतियोगितामा शनिबार दिउँसो वडा नम्बर १ र ३ बिच फाईनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिजेता टिमले नगद १ लाख र उपबिजेता टिमले  नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनुका साथै विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि ट्रफी र पुरस्कारको व्यवस्था भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया