देश र जनतालाई निकास दिन वर्तमान सरकार भत्किन जरुरी छ : सचेतक बर्तौला 

राम कुमार दानी
२१ पुष २०८०, २१:१५
देश र जनतालाई निकाश दिन वर्तमान सरकार भत्किन जरुरी छ ः सचेतक बर्तौला 

नेकपा एमालेको नेता तथा संघीय सांसद महेश कुमार बर्तौलाले वर्तमान सरकारले जनताको पक्षमा काम नगरेकोले सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको प्रष्ट पारे । शनिबार नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको बैठकमा आफ्नो धारणा राख्दै सो कुरा बताएका हुन् । 

नेकपा एमालेकाे सचेतक सम्म रहेका बर्तौलाले देश र जनतालाई निकाश दिने हो भने वर्तमान गठबन्धन सरकार भत्किन जरुरी भएको बताए । उनले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त भइरहेकोले लगानीमैत्री वातावरण नरहेको बताए । उनले आँउदै गरेको राष्ट्रियसभा निर्वाचनमा खाली भएको सबै क्षेत्रमा नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिने पनि जानकारी गराए । 

बर्तौलाले भीमफेदीमा पार्टी कमिटीमा आवद्ध सबैलाई जागरुक भएर काम गर्दै अगाडि बढ्न आग्रह गर्दै हामी जनप्रतिनिधि कदापि पार्टीको सिद्धान्त र आचारसंहिता भन्दा बाहिर नजाने प्रतिबद्धता जाहेर गरे । उनले जनताले विश्वास गरेको पार्टी नेकपा एमाले भएकोले जनताको पक्षमा हामिले काम गर्न कुनै कमी गर्न नहुने प्रतिबद्धता व्यक्त गरे । बर्तौलाले नेकपा एमाले भिमफेदीका पार्टी कार्यालय बनाउन श्रोत साधनको जोहो गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै हामी जनप्रतिनिधिले जनताको लागि गर्नुपर्ने कुनै कसुर बाँकी नरहने बिचार व्यक्त गरे । 

नेकपा एमाले भीमफेदी गाउँपालिका कमिटीको बैठक भीमफेदीको भैसेमा नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवी ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू बलराम बल, भगवती पुडासैनी, प्रदेश सल्लाहकार समिति सदस्य ठाकुरराम खड्का जिल्ला कमिटी उपसचिव तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा जिल्ला कमिटीको सदस्य र गाउँ कमिटीका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।

प्रतिक्रिया
bhimphedi