एमालेले माग्यो राष्ट्रियसभामा ६ सीट, माधव नेपाल असन्तुष्ट

पालिका डायरी
१९ पुष २०८०, १२:४६
एमालेले माग्यो राष्ट्रियसभामा ६ सीट, माधव नेपाल असन्तुष्ट

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभामा गठबन्धनसँग ६ सीट मागेको छ । स्रोतका अनुसार एमालेले ६ सिट मागेको हो ।

आज बसेको कानून समितिको बैठकमा टीआरसी विधेयक टुंग्याउने सहमति बने एमालेलाई सीट दिन सकिने गठबन्धनको शर्त छ । एमालेले टीआरसीको कुरालाई अगाडि सारेरै ६ सीट मागेको बताइएको छ ।

उता राष्ट्रियसभामा एमालेलाई भाग दिने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेका छन् ।

राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकमा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको हो ।

प्रतिक्रिया