तत्कालै हिउँदे वर्षाको सम्भावना न्यून

पालिका डायरी
१२ पुष २०८०, १२:१७
पहाडी क्षेत्रहरुमा आज वर्षा र हिमपातको सम्भावना

हिउँदेबालीको लागि किसानले पानी पर्खिरहेको बेला तत्काल हिउँदे वर्षाको सम्भावना कम देखिएको मौसमविद्ले बताएका छन् । यसपालि हिउँद लागेपछि केही ठाउँमा छिटपुटबाहेक पानी परेको छैन । तराई/मधेसमा अहिले पनि दिउँसोपख गर्मी नै छ ।

जनकपुरमा हिजो उच्चतम तापक्रम ३० दशमलव ५ डिग्री सेल्सियस, विराटनगरमा २७ दशमलव ८ डिग्री, धरानमा २६ दशमलव ८ डिग्री, भैरहवामा २६ दशमलव ६ डिग्री र नेपालगञ्जमा २६ डिग्री सेल्सियस मापन भएको छ । आज बिहान काठमाण्डौकाे न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस छ । गएको बिहीवार काठमाण्डौमा यस सिजनकै अहिलेसम्मको सबैभन्दा कम न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।

सामान्यतया मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मलाई हिउँदे वर्षाको समय मानिन्छ । तर, पुसको मध्य हुनै लाग्दा पनि पानी पर्न सकेको छैन । कतैकतै छिटपुटबाहेक पानी नपरेको र चिसो ल्याउने पश्चिमी वायु पनि नरहेको हुँदा मौसम सुक्खा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । तत्काललाई पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया