जलवायु परिवर्तनले गरिब र सिमान्तकृत समुदायलाई समस्या : उपसभामुख चापागाईं
हेटौंडा / बागमती प्रदेश सभाको उपसभामुख अप्सरा चापागाईले जलवायु परिवर्तनले गरिब र सिमान्तकृत समुदायलाई धेरै असर गरेको बताएकी छन् । बुधबार हेटौंडामा भएको जलवायु परिवर्तनले सिमान्तकृत समुदायमा पारेको प्रभाव र राज्यको दायित्व बिषयक प्रदेश स्तरीय सम्मेलनमा मन्तव्य राख्दै पछाडी पारिएका बर्गको कृषि उत्पादन र शिक्षा क्षेत्रमा पनि जलवायु परिवर्तनले उत्तिकै असर पारेको बताएकी हुन् । यस विषयमा राष्ट्रिय तह र अन्तराष्ट्रिय तहमा धेरै कुरा हुन्छ तर, तल्लो तहमा यसको धेरै असर परेको उपसभामुख चापागाईंको भनाई छ ।
यस्तै, बागमती प्रदेशकी सांसद भारती पाठकले मध्यवर्ती क्षेत्र खारेजी गर्न संघीय सरकार समक्ष माग गरेको बताएकी छिन् । सांसद पाठकले मध्यवर्ती क्षेत्रको खारेजी गर्न प्रदेश सरकारले संघ सरकारसँग माग गरेको बताएकी हुन् ।
मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्याको अन्त्यका लागि मध्यवर्ती क्षेत्र खारेजी हुनैपर्ने उनले बताएकी हुन् । दैनिक रुपमा जंगली जनावरका कारण ज्यान गुमाउनुपर्ने पीडाको अन्त्य गर्न यही नै अन्तिम विकल्प रहेको बताइन् ।
साथै उनले जलवायु परिवर्तको योजना बनाउँदा त्यो गाउँमा तल्लो तहका स्थनीय सरकारसँग बसेर बनाउनुपर्ने उनले बताइन् । ‘स्थानीय सरकारलाई केही थाहा छैन । संघीय सरकारको मातहतमा राखेर हामी प्रदेश सरकारको र स्थानीय सरकारको कुरा गर्छौं,’ उनले भनिन्, ‘योजना माथिल्लो तहमा बसेर बनाएर कार्यान्वयन तल्लो तहमा गर्न खोज्छौं भने त्यो पूरा हुँदैन ।’
सांसद पाठकले संघले प्रदेश सरकारलाई र प्रदेश सरकारले स्थानीय सरकारलाईअधिकार दिए मात्रै जलवायु परिवर्तनको प्रभाव रोक्न सहयोग पुग्ने बताइन् ।
चितवन सक्रिय महिला प्रतिष्ठान, मकवानपुर महिला समूह, स्वाम नेपाल, युथ अभियानको संयुक्त आयोजना र एक्सन एडको सहयोगमा नेपालमा जलवायु परिवर्तनको असर तथा यसबाट परेको प्रभाव न्यूनीकरणमा राज्यले अपनाइरहेको अनुकुलनका उपाय तथा अबका दिनमा अपनाउनुपर्ने नीतिगत व्यवस्थाबारे छलफल गर्ने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा जलवायु परिवर्तन र अनुकुलनको लागि भएका नीतिगत व्यवस्था र सरकारले बजेट व्यवस्थापनमा कसरी जलवायु परिवर्तन र सीमान्तकृतको सवाललाई सम्बोधन हुने गरि अनुकुलनका कार्यक्रम सम्बन्धि संचारमाध्यममा भईरहेका रिपोर्टिङ्गका विषयमा अनुभव साटासाट गर्ने तथा सीमान्तकृत समुदायले भोगिरहेका समस्या र पारेको प्रभावका बिषयमा छ्लफल छलफल भएको थियो ।
बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा कार्यक्रममा प्रदेश सभा सदस्य भारती पाठक, माडी नगरपालिका चितवनका प्रमुख ताराकाजी महत्तो, सामाजिक बिकास मन्त्रालयका उप सचीव खुबीराम अधिकारी, गैसस महासंघ प्रदेश अध्यक्ष आरती पाठक, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, स्थानीय तहका वडा अध्यक्षहरु, सहयोगी संस्था एक्सन एडका परियोजना अधिकृत कविता बस्नेत लगाएको आतिथ्यता रहेको थियो ।