वित्तीय सुशासनका लागि जिसस मकवानपुरको अभिमुखीकरण

पालिका डायरी
११ पुष २०८०, १८:१६

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा बुधबार स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन सम्बन्धी अभिमुखीकरण कार्यक्रमुु सम्पन्न भएको छ ।

कार्यक्रममा वित्तीय सुशासन जोखिम मूल्याङ्कनकालागि आवश्यक सूचकहरुका बारेमा सिकाई गरिएको थियो । जिल्ला समन्वय अधिकारी सुर्यप्रसाद चापागाँई एवम् मुख्यमन्त्री कार्यालयका आइटी इन्जिनियर, बिक्रम खतिवडाले अभिमुखीकरणमा सहजिकरण प्रदान गरिएको थियो ।

कार्यक्रममा जिसस मकवानपुरका प्रमुख ललित घलान, उपप्रमुख सानुकाजी लुइटेलसहित पालिकाका प्रमुख तथा सम्बन्धीत प्रतिनीधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया