नेविसंघले प्रधानमन्त्रीलाई बुझायो सात लाख ११ हजारको चेक

पालिका डायरी
११ पुष २०८०, १०:५५
नेविसंघले प्रधानमन्त्रीलाई बुझायो सात लाख ११ हजारको चेक

काठमाडौं / नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले दिएको जानकारीअनुसार बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर चेक हस्तान्तरण गरेको हो । जाजरकोटमा गएको भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता जनाएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति मेरिटोक्रेसीका आधारमा खुला प्रतिष्पर्धाद्वारा गर्न माग गरेको थियो । प्रधानमन्त्रीले सोहीअनुसार नै उपकुलपति नियुक्त गर्ने आश्वासन पनि नेविसंघलाई दिएको पाण्डेले जानकारी दिए ।

भेटमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया