लक्ष्मीनारायण बाल समुहकाे हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

हेटौंडा / हेटौंडा १६ मा रहेको लक्ष्मीनारायण बाल समुहले सोमवार खुल्ला हाजिरी जबाफ प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगितामा जनप्रिय माविमा अध्ययनरत अनुभव कोइरालको समूह प्रथम तथा जनप्रिय माविमा अध्ययनरत पुजना न्यौपानेको टोली द्वितीय भएका हुन् ।
हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाको आर्थिक सहयोगमा आयोजना गरिएको हाजिरी जबाफ प्रतियोगितामा प्रथम भएको कोइरालाको टोलीमा निहारिका ढकाल र दिप्सन सापकोटा रहेका थिए ।
यसैगरी न्यौपानेको टोलीमा अस्मिता कोइराला र अङ्कित गौतम रहेका थिए । प्रतियोगितामा प्रमथ र द्वितीय हुने समूहलाई स्टेशनरी सामग्री पुरस्कार वितरण गरिएको थियो । तीन / तीन जनाको समूह रहने गरी सञ्चालन गरिएको प्रतियोगितामा ६ वटा समूहले भाग लिएका थिए ।
लक्ष्मीनारायण टोल विकास संस्थाका अध्यक्ष शिव प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा लक्ष्मीनारायण बाल समुहका अध्यक्ष उज्वल कोइरालाको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा समाजसेवी तेजनाथ कोइराला विपिन, नारायण प्रसाद गौतम, शिव प्रसाद नेपाल लगायतको आतिथ्यता रहेको थियो ।