पालुङ जेसीज वर्ष २०२४ को अध्यक्ष पदकालागि रायमाझीको उम्मेद्वारी
थाहानगर / पालुङ जेसीज वर्ष २०२४ को अध्यक्ष पदकालागि निरज रायमाझीले उमेद्वारी घोषणा गरेकाछन् ।
थाहा नगरपालिका ३ शिखरकोट निवासी रायमाझी विगत ७ वर्षदेखि जेसी अभियानमा सक्रिय छन् ।२०१७ मा पालुङ जेसीजको सदस्य भई सञ्चार संयोजकको जिम्मेवारी सम्हालेका रायमाझी २०१८ र २०१९ मा साधारण सदस्य, २०२० मा उपाध्यक्ष, २०२१ मा कोषाध्यक्ष, २०२२ मा महासचिव को जिम्मेवारी सम्हालि सकेका छ ।
हाल बर्ष २०२३ मा कार्यसमितिको कानुनी सल्लाहकारको जिम्मेवारीमा रहेका रायमाझी एक वर्ष, एक ब्यक्ति, एक पदको सिद्धान्त अनुसार आफुले अध्यक्ष पदमा उमेद्वारी दिन लागेको बताए ।
जेसीज अभियान अन्तरगतको ५ वटा राष्ट्रिय महाधिवेशन, ५ वटा क्षेत्रिय सम्मेलन सहित जेसीजका बिभिन्न तालिम पुरा गरेका रायमाझीले पालुङ जेसीज बर्ष २०२४ लाई ईतिहासकै पानामा स्वर्ण अक्षरले अंकित गराउन उत्कृष्ट बर्ष बनाउने बताए ।
सामाजिक कार्यमा क्रियाशिल रायमाझी लायन्स क्लव अफ थाहा पिस को बर्ष २०२३/२०२४को सचिव, शिखर बचत तथा ऋण सहकारी संस्था लि. को कोषाध्यक्ष, शिखर बजार ब्यवस्थापन समितिको कार्यसमिति सदस्य, बिमला सप्लायर्सको सञ्चालक, थाहानगर उद्योग बाणिज्य संघको साधारण सदस्य हुनु ।
वर्ष २०२३को लागि अध्यक्ष पदमा उमेद्वारी दिएका रायमाझीले सहमति र सहकार्यको अवधारणालाई आत्मसाथ गर्दै वर्तमान अध्यक्ष संगम कार्कीलाई समर्थन गरेका थिए ।