मोरङ कारागारमा कैद भुक्तान गरेर छुट्ने दिनमै कैदीको मृत्यु
लेनदेन ठगी मुद्दामा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका- १० का चण्डेश्वर सहनीको कैद भुक्तान अवधी आज सकिंदै थियो । आजै छुट्ने तयारीमा रहेका सहनीको बिहान करिब साढे ६ बजे मृत्यु भएको छ ।
पेट पोल्ने र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार कारागार प्रशासनले उनलाई कोशी अस्पताल ल्याएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार सहनी कैद भुक्तान गरी आज छुट्ने दिन थियो ।
छुट्ने दिन नै आफन्तको मृत्युपछि उनका आफन्त आक्रोशति छन् । सहनीको मृत्युपछि मात्रै कारागारले परिवारलाई जानकारी गराएको थियो । जिल्ला कारागार मोरङका निमित्त जेलर कृष्णहरि न्यौपानेले सम्पर्क नम्बर गलत हुँदा आफन्तलाई जानकारी दिन ढिलो भएको बताए ।
प्रतिक्रिया


