करेन्ट लागेर दुई जनाको मृत्यु

पालिका डायरी
८ पुष २०८०, १४:२७
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

छुट्टैछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं महानगपालिका–३२ खहरे बस्ने ४२ वर्षीय कुमार आचार्यको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार करेन्ट लागेर गम्भीर घाइते भएका आचार्यको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै महोत्तरीको सम्सी गाउँपालिका–१ मर्धरटोल बस्ने २५ वर्षीय प्रियङ्का महतोको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको विद्युतीय बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
mrityu palikadiary