धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट

पालिका डायरी
८ पुष २०८०, १४:०९
धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट

धनगढी उपमहानगरपालिका विरुद्ध सर्वोच्चमा रिट परेकाे छ ।

धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० विरुद्ध सर्वोच्च अदालतमा रिट परेको हाे। कैलाली जग्गा तथा आवास विकास सङ्का अध्यक्ष उपेन्द्र अवस्थीले सो कार्यविधिविरुद्ध धनगढी उपमहानगरपालिकाको कार्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका हुन्।

नगर प्रमुखको एकलौटी निर्णयप्रति असन्तुष्टि जनाउँदै १९ वटै वडाका वडा अध्यक्ष एवम् कार्यपालिका सदस्यहरुले कार्यविधि खारेजीको माग गरेको र यसले जग्गा व्यवसायी लगायत धनगढीवासीलाई समेत अप्ठ्यारोमा पार्ने किसिमले निर्णय भएकोले रिट दिएको अवस्थीले उल्लेख गरेका छन् भने मुद्दाको पेशी पुस ११ गते तोकिएको छ ।

यसैबीच, धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरुले प्रक्रिया विपरित कार्यविधि आएको भन्दै विरोध जनाएका छन् । उनीहरुले आज धनगढी उपमहानगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यविधि चोर बाटोबाट ल्याइएको जिकिर गरेका छन् ।

प्रतिक्रिया