दुई फरक ठाउँमा दुईजना मृत भेटिए

पालिका डायरी
४ पुष २०८०, १८:२३
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

काठमाडौं महानगरपालिका-२५ भेडासिंह डेरा गरी बस्ने भारतको पश्चिमबंगाल घर भएका ५१ वर्षीय बब्लु हल्देर कोठाभित्र मृत भेटिएका छन्।

उनी बुधबार मृत भेटिएका हुन्। मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। यसैगरी काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित विलिङ्नेस अस्पतालको भान्सामा कार्यरत सिन्धुपाल्चोक घर भएकी ६० वर्षीया अम्बिका तिमिल्सेना पनि मृत भेटिउकी छन्।

उनी अस्पतालको अण्डरग्राउण्डमा रहेको पानी ट्याङकीभित्र बुधबार मृत अवस्थामा फेला परेकी हुन्। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया