दुवै चालकको मृत्यु भएको बारा दुर्घटनाका यी हुन् २७ जना घाइते

पालिका डायरी
४ पुष २०८०, ११:५३

आज (बुधबार) बिहान २ बजे बारामा भएको दुर्घटना घाइते भएका २७ जनाकै पहिचान खुलेको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको जीतपुर सिमरा उपमहानगरपालिका २२ मा स्थित ३ नम्बर पुलमा आज बिहान २ बजे काँकडभिट्टाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ट्रक चालक तनहुँको पीपलटार बस्ने २८ वर्षीय पूर्ण गुरुङ, बसचालक मकवानपुर हेटौँडाका ४० वर्षीय हरि शम्सेर सुयाल थापा र ३० वर्षीय एक पुरुष छन्। ती पुरुषको भने अझै सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

दुर्घटनामा घाइते हुनेमा तनहुँको बन्दीपुर ६ का १७ वर्षीय तेजकुमार गुरुङ, सुनसरीको भासि २ बस्ने ३० वर्षीय खिलराज दुलाल, सुनसरीको इटहरी ४ बस्ने ४० वर्षीय सुरेन्द्र गौतम, गौतमकी श्रीमती ३५ वर्षीया सम्झना गजुरेल, गौतमकी छोरी १२ वर्षीया सोराय गौतम, गौतमका छोरा तीन वर्षीय सोडनेम गौतम रहेका छन्।

यस्तै, बसका सहचालक झापा दमकका ४० वर्षीय नगेन्द्र उप्रेती, भारत अरूणाचल प्रदेश घर भएका वर्ष ५२ का सिडिमाया, सोही ठाउँका वर्ष ५२ की नामा एमस, सोही ठाउँका वर्ष ४२ की श्रीग धौगा, वर्ष ४७ का पासाङ काण्डु रहेका छन्।

यस्तै इलाम माईजुमा ५ का ३० वर्षीय विनोद तामाङ, इलाम चुलाचुलीका-५ का ३६ वर्षीय वीरबहादुर तामाङ, संखुवासभा मादी ९ का ३० वर्षीय चन्द्रबहादुर तामाङ, सोही ठाउँका २४ वर्षीय विर्खबहादुर तामाङ, इलाम चुलाचुली ३ का ३६ वर्षीय मनोज कुमार लिम्बु, सोही ठाउँका २० वर्षीय प्रवेश पटेल पनि दुर्घटनामा घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यस्तै, झापाको कमल ५ का १९ वर्षीय पुनम गुरुङ, भारत कालेबुङ बस्ने वर्ष २५ को छोमी लोप्चा, उनको पति वर्ष २९ को नामग्याल दोर्जे, उनको छोरी वर्ष २ की माया लोप्चा, झापा अर्जुनधारा ११ बस्ने ४९ वर्षीय हरिनारायण विश्वकर्मा, सुनसरी इटहरी ६ का ५४ वर्षीय अनिलकुमार थापा पनि दुर्घटनामा घाइते भएका छन्।

यस्तै, झापा बारदसी २ का ४२ वर्षीय धनबहादुर लिम्बू, भारत अरूणाचल प्रदेश बस्ने वर्ष १९ को छिरिङ पालेदेन र उर्लाबारीका २१ वर्षीया अमि श्रेष्ठ पनि दुर्घटनामा घाइते भएका छन्।

घाइतेहरुको चितवन र बाराका विभिन्न अस्पतालहरुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका वरिष्ठ प्रहरी निरिक्षक एवंम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएका तीन जनाको शव पोष्टमार्टमका लागि मकवानपुरको हेटौँडा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता भण्डारीले नेपालखबरलाई जानकारी दिए।

प्रतिक्रिया