३९६ किलो लागु औषध गाँजा सहित २ जना नियन्त्रणमा

पालिका डायरी
३ पुष २०८०, १८:१२

हेटौंडा / चितवन प्रहरीले ३९६ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।

बुधबार बिहान चितवनको भरतपुर महानगरपालिका १ स्थित लोकमार्ग सडक खण्डबाट भारतीय ट्रकबाट उक्त गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएको बताइएको छ। ट्रक चालक देश भारत उत्तर प्रदेश सम्बल जिल्ला बैजई थाना पूरा गाँउ बस्ने बर्ष ४५ को अनिल गिरी र सोहि ट्रकमा सवार देश भारत उत्तर प्रदेश सम्बल जिल्ला केलादेवी थाना अपावती कुतवपूर गाँउ बस्ने बर्ष ३७ को राजपाल सिंहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।


मुग्लिङ तर्फबाट नाराणगढ आउँदै गरेको भारतीय जे.एच् ०२ डब्लु ९६३१ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको क्याविनको भागमा फल्स बटम बनाएर उक्त बटममा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्लास्टिकले बेरिएका २८ वटा पोका बनाई लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा र ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया