टिप्परले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते

पालिका डायरी
२ पुष २०८०, १६:१०
accident palika

बाँकेको कोहलपुर नगरपालिका-३ मैटहवा नजिक टिप्परले भ्यानलाई ठक्कर दिँदा १३ जना घाइते भएका छन्। आज बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोहलपुरबाट बाँसगढीतर्फ जाँदै गरेको भे १ ज ७४७ नम्बरको भ्यानलाई पछाडिबाट टिप्परले ठक्कर दिँदा उनीहरु घाइते भएका हुन्।

घाइते हुनेमा बाह्रबर्दिया नगरपालिका-७ की ३१ वर्षीया सुनिता नेपाली,  बासगढी नगरपालिका-४ बस्‍ने ३६ वर्षीय रमेश थारू, सुर्खेत लेकबेसी-४ का  ४७ वर्षीय प्रेम चदारा रहेका छन्। यस्तै गुलरिया बाह्रबर्दिया-९की २० वर्षीया अन्जु चौधरी, कोहलपुर-१० बस्ने ३९ वर्षीया कमला कुमारी देवकोटा, बैजनाथ गाउँपालिका-६ बस्‍ने ३१ वर्षीया अप्सरा बुढाथोकी,बैजनाथ गाउँपालिका-५ बस्‍ने २० वर्षीया सपना परियार घाइते पनि भएकी छिन्।

यस्तै बासगढी नगरपालिकाकी ५० वर्षीया विष्णुकला खत्री, बासगढी  नगरपालिका-२ बस्‍ने २० वर्षीय प्रशान्त विष्ट, बैजनाथ गाउँपलिका-६ बस्‍ने ३० वर्षीय करण डडेल, कोहलपुर नगरपालिका-५ बस्‍ने ४० वर्षीया टीका कुमारी डीसी , बैजनाथ गाउँपालिका-३ बस्ने ५८ वर्षीय पठे एरी र  म्याजिक चालक कोहलपुर-२ बस्‍ने २७ वर्षीयप्रदीप विक घाइते भएका छन्।

उनीहरूमध्‍ये ७ जना सामान्य उपचार गरेर घर फर्किसकेका छन् भने बाँकी ६ जनाको उपचार नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। भ्यानलाई ठक्कर दिने टिप्पर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

प्रतिक्रिया