चितवनमा मोटरसाइकल दुर्घटनामा परि वडासदस्यको मृत्यु

पालिका डायरी
१ पुष २०८०, १३:१६
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मुत्यु भएको छ ।

माडी नगरपालिका–१ गर्दिमा हिजो बेलुका बाग्मती प्रदेश ०३०४ प ८९१७ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको ज्यान गएको हो । उनी नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले ठक्कर दिने ट्र्याक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया