सुन सहित हेटौंडाबाट २ जना पक्राउ

हेटौंडा / मकवानपुर प्रहरीले ४ सय ८० ग्राम सुन सहित २ जना नियन्त्रण लिएको छ ।
शुक्रबार प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ स्थित रातोमाटेबाट भारत अमृतसार पंजाब बस्ने बर्ष ३४ को तर्सिम सिंह र धनुषा सबेला नगरपालिका वडा नं. २ बस्ने बर्ष ३९ को हितेश कुमार शाहलाई ४ सय ८० ग्राम ०८३ मिलिग्राम सुन सहित नियन्त्रणमा लिएकाे हाे ।
काठमाडौबाट बिरगंजतर्फ जादै गरेको ना ५ ख ६२१७ नम्बरकाे बसमा सवार सिंहको साथबाट ७४ हजार ५ सय २३ रुपैया बराबरकाे सुनको सिक्री २ थाान (सुन खाद कट्टी कटाएर ७ ग्राम २६८ मि.ग्राम ), २ लाख ३२ हजार १ सय ४३ रुपैया बराबरकाे बेरिएको बाला १ थान र स -सना २ थान ( २२ ग्राम ६४० मिलिग्राम) गरी जम्मा ३ लाख ६ हजार ६ सय ६६ रुपैया काे सुन बरामद गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
यसैगरी बागमती प्रदेश ०३-००१ ख १७२७ नम्बरको बसमा सवार शाहको साथबाट ४६ लाख १५ हजार ९ सय ५९ रुपैया बराबरकाे सुनको ब्रास्लेट ९ थान ( ४५० ग्राम १७५ मिलिग्राम) सुन बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
उनीहरुकाे साथबाट ४९ लाख २२ हजार ६ सय २५ रुपैया बराबरकाे ४ सय ८० ग्राम ०८३ मिलि ग्रामकाे सुन बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । बराबरको अबैध सुन सहित सिंह र शाहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको मकवानपुर प्रहरीले जनाएकाे छ ।