भक्तपुरबाट पेस्तोलसहित दुई जना पक्राउ

भक्तपुरको साँगाबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले जानकारी दिए ।
आरोपीहरूको साथबाट प्रहरीले ९ एमएम पेस्तोल एक थान, दुई ओटा म्याग्जिन र पाँच राउन्ड गोली बरामद गरेको छ ।

प्रतिक्रिया