बारामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
file photo
हेटौंडा / बारामा सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका अन्दाजी २४/२५ वर्षका लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिनेबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।
प्रतिक्रिया