टिकटक प्रतिबन्ध विरुद्धको मुद्दा फेरि ‘हेर्न नभ्याइने’मा

पालिका डायरी
२७ मंसिर २०८०, १३:१३
युरोपेली संघद्वारा टिकटकलाई ३७० मिलियन डलर जरिवाना

सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध परेको मुद्दामाथि आज पनि सुनुवाइ हुन सकेन।

बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो। यसअघिको इजलासबाट सुनुवाइका लागि तोकिएको मुद्दामा आज ‘हेर्न नभ्याइने’मा परेको हो। यो मुद्दा ३०औं नम्बरमा थियो। त्यसअघिका मुद्दा हेर्दामै समय लाग्ने भएपछि टिकटक प्रतिबन्ध विरुद्धको मुद्दामा सुनुवाइ नहुने भएको हो।

यसअघि मंसीर १९ गते तोकिएको पेशी तोकिएको थियो। त्यतिवेला पनि ‘र्हेन नभ्याइने’मै परेको थियो। सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि अधिवक्ताद्वय अनन्तराम लुइटेल र फर्सुराम पाण्डे तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मंसीर १ गते सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसमाथि मंसीर ५ गते सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको इजलाशले कारण देखाउ आदेश जारी गरेको थियो।

त्यससँगै अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने तय गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको थियो। तर, त्यसयता दुई पटक पेशी तोकिए पनि सुनुवाइ हुने सकेको छैन।

प्रतिक्रिया